वारम्बार का सम्भावित विशाल युद्ध जितेर अगाडी बढेको विश्व अर्थतन्त्र फेरी एक पल्ट सिकार बनेको छ; यसपाली अलिक भिन्न सैलिको निशाना, मन विचार अनि शक्ति प्रदर्शन भन्दा बेग्लै प्रकारको। तर पनि उत्तिकै विनाशकारी अनि क्रूर।
देशकै केन्द्र काठमाडौँको कुनै कुनामा बसेर कोरोनाको कुरा केलाउँदै गर्दा मनको एउटा कुनामा कहाली लाग्दा कहानिहरुले डेरा जमाउने प्रयास गरे; कति सफल रहे त कति विफल। अचानक संसारभर कब्जा जमाउने प्रयास गरेको कोरोना ले भविष्य के इंकित गर्छ? मै सर्वायमन हुँ भन्ने देशका नागरिकहरु पालैपिलो थालिंदै गर्दा गरिव अनि विकाशुन्मुख र अविकसित रास्ट्रको हैसियत के रहला? उहान जस्तो शहर उत्तानो परिरहँदा, विश्व स्वास्थ संगठन WHO ले विस्वब्यापी महामारी घोषणा गरिसकेको अवस्थामा, संसार भर खाद्य-वस्तु आयात तथा निर्यात नै अस्तव्यस्त बनिरहँदा अनि अन्तरास्ट्रिय यात्रा नै हलचल भैरहँदा, मनुष्यको भविष्य के होला ?
यस्ता प्रश्नहरुले गर्दा चियापसल देखि सिया पसल सम्म माहोल निकै तरंगित बनेको छ आज। सन् २०२० मार्च महिना १० तारिखको तथ्यांक हेर्ने हो भने कूल संक्रमितको संख्या एक लाख सोह्र हजार नौं सय बयानब्बे रहेको छ र चार हजार दुई सय सन्ताउन्न जनाको ज्यान गैसकेको छ। त्यो भन्दा घतलाग्दो तथ्यांक त के छ भने सकुसल ठानिएका बाँकी करोडौं मानिसहरु त्रासले अर्धमृत छन; मनको बाघले निल्न आँटेको छ।
दशकै पिच्छे घोसित या अघोसित नाकावान्धि झेलिरहेका नेपालीहरु यस वखत झनै त्रसित छन किनकी यो बजारमा आउन सक्ने मन्दी कुनै नाका को कारण नभई विश्वब्यापी हुने सम्भावना प्रवल हुदैँ गैरहेको छ।
पूर्ण रुपमा तयार नगरी तामझामका साथ शुभारम्भ गरिएको नेपाल भ्रमण वर्ष को पहिलो अनि हरेक गाँसमा ढुंगाहरु भेटिएका छन; चाहे त्यो अस्ट्रेलिया को विवादित प्रचार काण्ड होस् या त कुख्यात उहान कोरोना काण्ड। अन्तत सरकार भ्रमण वर्ष नै पछि धकेल्न बाध्य भएको छ। तर चिन्ता भ्रमण वर्ष पछाडी धकेलिएकोमा हैन, भ्रमण वर्ष संगै जिन्दगी अनि देश उकास्न कम्मर कस्ने पर्यटनमा निर्भर व्यवसायीहरु को गिर्दो मनोवल मा छ।
हुन त महामारी विरलै बिगुल फुकेर आउंछ। तर मान्छेको मनमा रोपिएको आशाको एउटा वृक्ष हुर्किन नपाउंदै मरेको छ, फेरी कहिलेइ नासल्बलाउने तवरमा। थाहा छैन यसको असर कति वर्ष वा दशक सम्म त्यो जमिनमा पर्नेछ भनेर। हाम्रो मन गाह्रो साह्रो पर्दा मात्र दैव अनि देशलाई सम्झन्छ। यो प्रवृति गलत म भन्दिन तर यो शैलीको विरोदाभाश अन्तर्मनले स्वीकारेको हुनुपर्छ। केक संगै संस्कृति काट्रनेहरुमा दैव प्रति भलै विश्वास होला अनि बाँकी रह्यो देशको पाटो; साना देखि ठूला काण्डमै झेलिरहने सरकार संसार नै हल्लाउने शक्तिसँग सामना कसरि गर्छ भन्ने हेर्न बाँकि नै छ। तर हेक्का रहोस, यो युद्द सत्ता र प्रतिपक्ष, हिमाली र पहाडिया वा मधेशी विचको हैन; यो नितान्त प्रकृति र मानव जाति विचको हो अनि अलिकति ज्यादती र अन्यायमाथ को पनि। तसर्थ हामी आ-आफ्नो स्वरक्षा मा केन्द्रित भयौं भने आफ्नै भविष्य अन्धकार हुनेछ; एकजुट भएर प्रतिरक्षामा उत्रिनुको विकल्प छैन।
वैयक्तिक धारणा को कुरा गर्ने हो भने, यो समय डर/त्रासको भन्दा पनि आत्मवल अनि सुस्वाश्थ्य रणनीतिको हो। यो महामारी व्याख्या गरिएको जस्तो भयावाहक रहला भन्ने मान्यता मेरो आंकलन मा छैन। जति फैलनु थियो यो फैलिसकेको छ अब देखिने नया संक्रमित भनेका पुरानै तर भर्खर पत्ता लागेका मात्र हुनेछन। यसको अर्थ यो हैन कि हामी पूर्ण रुपमा सुरक्षित छौँ। सतर्कता अपनाउनु महामारी को बेलामा मात्र नभई जिन्दगी भर अपनाई रहनुपर्ने कुरा हो। सिटामोल समयमा नपाएर वर्षेनी सयौं को संख्यामा जनताहरु स्वर्गवास हुने ठाउँमा हर समय यस्ता रोग सँग लड्ने संयन्त्र व्यक्तिगत अनि राज्यस्थर बाट तयार गरिरहनुपर्ने आजको मूख्य सिकायत अनि आवश्यकता हो।
मानवताको रक्ति पनि हेक्का नराख्ने परजीवी व्यक्तिहरु यस्तो विसम परिस्थितिको फाइदा उठाउँदै कथित अनिकाल सिर्जना गर्ने काममा उद्दत छन। बहुमत प्राप्त सरकार, कू-धन्दामा लागेका ब्यापारिक कार्यकर्तालाई नुनको सोझो गर्ने कि मेरोतेरो नभनी समस्त जनता अनि मानवतालाई जोगाउन कठोर कदमहरु चालेर जन सेवामा लाग्ने भन्ने धर्मसंकट पैदा भएको यो अवस्था एउटा कठीन परिक्षा समेत बन्नसक्ने सावित भैरहेको छ।
वाणिज्य विभागले चालेका अनुगमन सम्बन्धी सुरुवाती कदमहरु सरहानिय छन तर पर्याप्त भने पक्कै छैनन्। मागेरै अर्थ तन्त्र चलाउने दिन गुज्रन लागेको आभास हुन थालेको पनि छ अनि निमुखा जनताको रगते रेमिट्यान्स ले धानिरहेको अर्थतन्त्र अब धरासायी कसरि बन्न सक्नेरैछ भन्ने चेत आउन सक्नुपर्छ ।
आधारभूत देखि आभाषयूक्त अनि आली देखि ओखति सम्म अन्य मुलुकमा निर्भर हुनु कहिलेसम्म को विकल्प हो भन्ने अव निर्क्योल गरेर अगाडी बढ्न नसके, विद्वान मानिएका अर्थ मंत्री सरकारमा छन वा थिए भनेर मन बुझाउने कुनै ठाउँ बाँकि रहने छैन, त्यो पनि आशाहरु अनि भरोइशाहरु तोडीदां तोडीदां आजित भएका जनतावाट ।
विकल्प:
दुरदर्शी योजनालाई कुनो लगाएर हालको परिस्थितिलाई बुज्ने अनि जुध्ने हो भने हामी तत्काल सन्य-शैलीमा कठीन निर्णयहरु अंगाल्दै अगाढी बढ्नुको विकल्प छैन। बाँचेको खण्डमा मात्र सिकेको शिक्षा काम लाग्ने हो त्यसैले शैक्षिक संघ-संस्थाहरुमा केहि समयका लागि सम्भव भएसम अनलाईन माध्यम प्रयोग गर्ने नत्र पुरै पठन-पाठन स्थगन गर्नुपर्ने देखिन्छ किनकी एउटा विद्ध्यार्थीमा भाइरस देखापर्नु भनेको लाखौंको भविष्य जोखिममा पर्नु हो।
नाकाहरु, जतिनै क्रूर देखिए पनि, आंशिक रुपमा मात्र खुल्ला गर्नुपर्छ। दैनिक उपभोग्य वस्तुहरुको कारण जनजीवन प्रभावित नहोस भन्नको लागि आपतकालिन संयन्त्रहरुको परिचालनको विकल्प छैन। व्यवसायमा निर्भर जनताहरुको मनोवल नगिरोस भन्ने कुरा यदि देश चाहन्छ भने विविध शिर्षकमा उठाईने कर हरु अनि वित्तिय ब्याज हरुमा संकटकालको समय सम्मको लागि विशेष छुट दिनु नै उत्तम हुनेछ। जहा सम्म पेड-होलिडेजको कुरा छ, महामारी बिरुद्ध सजकता अपनाउनुपर्ने बेलामा केवल धन-केन्द्रित हुनुभन्दा मानवता केन्द्रित हुनु जरुरी देखिन्छ। ढाडसेक्ने गरी लिईने ब्याज अनि घर भाडाहरू व्यवसाय अनुरुपनै पुनर्विचार गरेर अगाढी बढ्नु जरुरी छ ताकी भोलि यो महामारी नियन्त्रणमा आउने वित्तिकै देश द्रुत गतिमा लम्कन सकोस।
सक्दो सजकता अपनाउँदा अपनाउदै पनि भवितव्य महामारी फैलिहालेको खण्डमा छिमेकी ठुल्दाईको तर्फवाट संक्रमण रोक्न सवै सहयोग गरिने प्रतिबद्धता नेपालका लागि चिनियाँ राजदूत होउ यांछीले व्यक्त गर्नुनै खुशीको खबर बनेको छ तर बारम्बार आइलाग्ने बिसम परिस्थितिबाट सिकेर दिर्घकालिन योजनाहरु अंगालेर, अनियमितता लाई कुल्चिएर सच्चा देश अनि जनताको को सपना पुरागर्न अब ढिला नहोस्। जय देश !
कलम : संजय भण्डारी (डटजे)
मिति :२०७६/११/२९
इमेल : connect@sanzay.com.np
टुविटर: @sanzj9
Sanjay Bhandari